आर्मी क्लब मनमोहन गोल्डकप फुटबलको फाईनलमा प्रवेश

मंसिर २८, २०७४ मा प्रकाशित | 1765 views

सुनसरी । नेपाल आर्मी क्लब दोस्रो मनमोहन गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा स्थान बनाउन सफल भएको छ ।

सुनसरीको दुहबी रङ्गशालामा बिहीबार भएको खेलमा चर्च ब्वाईज युनाईटेडलाई ४–० गोल अन्तरले पराजित गर्दै मनाङ्ग मर्स्याङदी क्लबले फाईनलको यात्रा तय गरेको हाम्रा सुनसरी समाचरदाता आशिश कुमार यादवले जनाएका छन् ।

यस खेलको म्यान आफ दि म्याच घोषित भएका नेपाल आर्मी क्लबका जर्ज प्रिन्स कार्कीले ५ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।

यसै महिनामै नेपाल आर्मी र मनाङ्ग मर्स्याङदी क्लबले झापाको सतासी गोल्डकप र मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको फाईनलमा प्रतिस्पर्धा गरिसकेका छन् । ती दुवै फाईनलमा नेपाल आर्मी क्लब विजयी भएको थियो ।

प्रतियोगिताको फाईनल मनाङ्ग मर्स्याङदी क्लब र नेपाल आर्मी क्लबबीच शनिबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web