हात्तीको प्रयोग गरी बाघ गणना जारी

मंसिर २८, २०७४ मा प्रकाशित | 2162 views

काठमाडौँ । नेपालमा बाघ गणना भइरहेको छ । प्रत्येक ५ वर्षमा गरिने बाघ गणना यो वर्ष गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३७ हात्तीको प्रयोग गरेर बाघ गणना गरिएको हो ।

विभागले बाघ पाइने क्षेत्रलाई ३ तहमा विभाजन गरी गणना शुरु गरेको छ ।

जसमा चितवन र पर्सामा यही मंसिर १४ गतेदेखि, बाँके र बर्दियामा पुस १ गतेदेखि र शुक्लाफाँटामा केही दिनपछि गणना गरिने विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिनुभयो ।

विभागले बाघ गणनाका लागि ६६ दिनसम्म दैनिक २५० कर्मचारी र रु ३ करोड २० लाख खर्च हुने अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web