दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन र विकास गरी समृद्ध नेपाल बनाउने बताउनु भएको छ ।

एमाले, माओवादी र राप्रपाले आज झापाको गौरीगञ्जमा आयोजना गरेको विजय सभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले कानुनी र आर्थिक दृष्टिकोणले मुलुकमा सुशासन दिएर जनतालाई सुखी र समृद्ध नेपालको नतिजा दिने बताउनु भएको हो ।

अध्यक्ष ओलीले अब लोकतान्त्रिक प्रणाली मात्र होइन आचार र व्यवहार पनि प्रष्ट देखिने बताउनुभयो ।

अध्यक्ष ओलीले चुनावको बेला चुनावी प्रतिस्पर्धा भएपनि अब सबै दल मिलेर देशको विकास गर्नुपर्ने बताउनुभयो ।

देशको विकासमा समर्पित हुनेः अध्यक्ष प्रचण्ड

भरतपुर ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समग्र नेपालको विकासका लागि आफूलाई समर्पित गर्ने बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा बिजयी भएपछि आज आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष प्रचण्डले अब देश राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले चुनावअघि गरेको विकास निर्माणको प्रतिबद्धता कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको पनि बताउनुभयो ।

21.12¡ÆC