महत र केसीको पराजयसँगै नुवाकोटमा काँग्रेस बडारियो, बाम गठबन्धनबाट हितबहादुर र खतिवडाको उदय

मंसिर २४, २०७४ मा प्रकाशित | 11071 views

नुवाकोटमा दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रको सबै ६ पदमा बामगठबन्धनका उम्मेदवार बिजयी भएका छन् ।

हिजो सम्पन्न पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम अनुसार नुवाकोटको सबै ६ पदमा बामगठबन्धनका उम्मेदवार बिजयी भएको सम्बन्धित क्षेत्र अन्तरगतको निर्वाचन अधिकृतले घोषणा गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं। १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ बिजयी हुनुभएको छ । निर्वाचित तामाङले ३६ हाजर ४ सय ७३ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार डाक्टर रामशरण महतले २७ हजार ९ सय २० मत प्राप्त गर्नुभएको निर्वाचत अधिकृत गोपाल लामिछानेले घोषणा गर्नुभएको छ ।

काँग्रेस उम्मेदवार महतलाई हराएर बिजयी हुनुभएका हितबहादुर तामाङले ८ हजार ५ सय ५३ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।

यस्तै, प्रतिनिसभा सदस्य निर्वाचन क्षेत्र नंं १ को प्रदेश ‘क’ मा नेकपा 'माओवादी केन्द्र'का उम्मेदवार राधिका तामाङले १८ हजार १३७ मत ल्याएर बिजयी हुनुभएको छ ।

नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र थिङले १३,३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिनुभयो । माओवादी केन्द्रका उम्मेदवार तामाङ चार हजार ७ सय ६९ मतअन्तरले बिजयी हुनुभएको छ ।

यस्तै, प्रदेश ‘ख’ तर्फ नेकपा एमालेका उम्मेदवार बद्री मैनाली २०,५०९ मत ल्याएर बिजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महतले १२,२१७ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी बन्नुभयो । एमाले उम्मेदवार मैनालीले ८,२९२ मत बढी ल्याएर बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत गोपाल लामिछानेले घोषणा गर्नुभएको छ ।

यस्तै, नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा ३६ हजार ८ सय ९२ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभा सदस्यको रुपमा बिजयी हुनुभएका नेकपा एमालेका उम्मेदवार खतिवडाले १० हजार ५ सय ५७ मत बढी ल्याएर बिजयी भएको जिल्ला न्यायाधीश एंव मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले घोषणा गर्नुभएको छ ।

यस्तै, नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २ को प्रदेशसभा ‘क’ मा नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेले २० हजार ९ मत ल्याएर बिजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार जगदिश्वरनरसिंह केसीले १२ हजार ७ सय २९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले गर्नुभएको छ ।

बिजयी हुनुभएका एमालेका उम्मेदवार पाण्डेले ७ हजार २ सय ८० मत बढी ल्याउनुभएको जिल्ला न्यायाधीश एंव मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले घोषणा गर्नुभएको छ ।

यस्तै, नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं २ को प्रदेशसभा सदस्य ‘ख’ तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडा १७ हजार ६२ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धि काँग्रेसका उम्मेदवार जगतबहादुर तामाङले १४ हजार ५२ मत प्राप्त गर्नुभएको छ ।

नुवाकोटको प्रतिनिधिसभा सदस्यको रुपमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं २ बाट नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा र प्रदेशसभा संसद्मा एमालेका उम्मेदवार केशवराज पाण्डे र माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडा बिजयी भएको घोषणा मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले गर्नुभएको छ ।

यसअघि २०७० सालमा भएको दोश्रो संबिधानसभा निर्वाचनमा साविकको तीनवटै निर्वाचन क्षेत्रमा काँग्रेस उम्मेदवारले जित दर्ता गरेको नुवाकोटमा अहिलेको निर्वाचनमा परिणाम उल्टिएको हो ।

नुवाकोटमा रहेको दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यमा निर्वाचित भएका संघ र प्रदेशसभाका सांसदलाई आफूले जनाएको प्रतिबद्धता र जिल्लाको समग्र विकासको लागी क्रियाशिल हुनको लागी जिल्ला अदालत नुवाकोटका न्यायाधीश एंव मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले स्मरण गराउनुभएको छ ।

नुवाकोट जिल्ला अन्तराष्ट्रिय राजमार्ग, रेलमार्ग, राजधानीसंगको तीन वटा नाका समेत नुवाकोटमा नै पर्ने भएकाले आर्थिक समृद्धिको लागी यहाँ भएको प्रयाप्त सम्भावनालाई कार्यान्वयनमा ल्याउन निर्वाचित सांसद्हरुलाई अबको पाच वर्षको जिम्मेवारी सफल बनाउन तर्फ लाग्न मुख्य निर्वाचन अधिकृत शाहले ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web