गाई पार्टीका कमल थापा दाहालसँग पराजय नजिक

मंसिर २३, २०७४ मा प्रकाशित | 1212 views

हेटौंडा ।
राप्रपा नेपालबाट गाई चूनाव चिन्हमा उठेका पार्टी अध्यक्ष तथा बहालवाला उपप्रधानमन्त्री कमल थापा पराजित हूने देखिएको छ ।

मकवानपुर क्षेत्रनम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा एमाले उम्मेदवार कृष्णप्रसाद दाहालभन्दा पाँच हजार भन्दा बढी मतअन्तरले पछि परेपछि उनी पराजित हूने पक्का जस्तै देखिएको छ ।

कांग्रेसको समेत समर्थनमा चुनाव लडेका थापाले २१ हजार ७५३ मत पाउँदा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका दाहालले २६ हजार ८४२ मत पाएका छन् ।

दाहाल र थापाबीचको मतान्तर ५ हजार ८९ छ ।

मतगणनाको सुरुआतमा कमल थापाले अग्रता लिए पनि पछिल्लो समयमा दाहालले थापासँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन् । मतान्तर बढीरहँदा मतगणना कम बाँकी रहेका कारण थापा पराजित हूने निश्चित जस्तै बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web