दाङ ।
नेकपा माओबादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ क्षेत्र नम्मर २ बाट प्रतिनिधि सभामा बिजयी हुनुभएको छ । महरा दोस्रो पटक दाङबाट निर्वाचित हुनु भएको हो । प्रतिष्प्रधी नेपाली काग्रेसका राजु खनाललाई झण्डै १० हजार मतअन्तरले पछि पार्दै महरा बिजयी हुनु भएको हो । माओबादी नेता महराले ३९ हजार ९ सय ५९ मत प्राप्त गर्नु भएको छ भने नेपाली काग्रेसका राजु खनालले २६ हजार ३६ मत प्राप्त गर्नु भएको थियो ।
१ लाख ११ हजार ९६ मतदाता रहेको यस क्षेत्रमा ७४ हजार ७ सय ९५ मत खसेको थियो । २०६४ सालमा दाङ क्षेत्र नम्मर ३ बाट बिजयी भएका महरा २०७० सालमा रोल्पाबाट निर्वाचित हुनु भएको थियो ।
24.12¡ÆC