रुकुम ।

रुकुम प्रतिनिधीसभा उम्मेदवार तथा पुर्ब गृहमन्त्री जनार्दन शर्मा जहाज चार्टर गरेर रुकुममा आईपुगेका छन ।

आज दिउसो शर्मा तारा एयरको विमान चार्टर गरेर पश्चिम रुकुम पुगेका हुन । पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभाको चुनाव सकेर काठमाडौं गएका उनी काठमाडौं क्षेत्र नं १ मा भाई अनिल शर्माको चुनावी प्रचारका लागि काठमाडौं गएका थिए ।

शर्मा जित सुनिश्चित हुने संभवना देखेपछि बिजयी र्यालीमा सहभागी हुन जहाज चार्टर गरेर जिल्लामा आएको बताइएको छ । शर्माआफ्नो प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गोपालजी जंग शाहल भन्दा १२ हजार भन्दा बढी मतले अगाडी छन् ।

शर्माले २० हजार ८ सय ८७ मत प्राप्त गर्दा शाहले ८ हजार ४ सय ३११ मत पाएका छन् । दोब्बर बढीको अन्तरले पछाडि परेका शाहले शर्मालाई भेटाउन निकै मुस्किल पर्ने देखिन्छ ।

५५ हजार मत खसेको पश्चिम रुकुमको प्रतिनिधीसभामा अहिले सम्म ३२ हजार ५ सय २५ मतगणना भएको छ ।

19.12¡ÆC