संघिय निर्वाचनमा बिजयी पहिलो सदस्य कमला रोका, छापामार देखि प्रतिनिधिसभा सदस्य सम्म

मंसिर २२, २०७४ मा प्रकाशित | 1084 views

रुकुम ।

रुकुम पुर्बमा प्रतिनिधीसभा सदस्यमा माओबादी उम्मेदवार कमला रोका बिजयी भएसगै उनी माओबादी जनयुद्धकालको पहिलो महिला छापामारदेखि कान्छो जिल्लाको पहिलो प्रतिनिधीसभा सदस्य समेत बनेकी छिन । रोकाले नेपाली काग्रेसका प्रतिप्रर्धी उम्मेदवार हरिशंकर घर्तीलाई ६ हजार बढी मत अन्तरले पराजीत गरेकी हुन । रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदा घर्तीको पक्षमा ४ हजार ४ सय ६ मत आएको छ ।

उनी रुकुम पुर्बकी एकमात्र महिला उम्मेदवार भएर ५ जना पुरुष उम्मेदवार संग प्रतिष्प्रधा गरेकी थिईन । पुर्ब रुकुमकी एकमात्र खसेको १८ हजार १ सय १४ मतमध्ये १६ हजार ९ सय २४ मत मात्रै सदर भएको थियो । २०३२ सालमा सिस्ने गाउँपालिका–२, मा जन्मेकी रोका माओवादीले सशस्त्र घोषणा गरेकै दिन आक्रमण भएको रुकुम आठविसकोट प्रहरी चौकी आक्रमणकी एउटी सदस्य थिईन ।

२०५३ माओवादीको रुकुम जिल्लाको पहिलो महिला सदस्य भएकी रोका  २०५४ को असार महिनामा उनी केही समय दाङको जेलमा पनि बसेकी थिइन् । २०५५ मा महिला संगठनको जिल्ला अध्यक्ष हुदै त्यसपछि जिल्ला बाहिर पनि बिभिन्न पार्टीको जीम्मेवारीमा रहेर काम गरेकी थिईन ।

२०६० मा माओवादीको केन्द्रिय सदस्य भएकी उनी २०६२ को चुनवाङ बैठकपछि माओवादी जनसेनाको ५ औं डिभिजनको दीर्घस्मृति विग्रेडमा कमिसार बनेर गण्डक अभियानमा खटेकी थिईन । २०६३ मा अन्तरिम विधायक र २०६४ को संविधानसभा निर्वाचनबाट समानुपातिक सूचीमार्फत सभासद् भएकी उनी युवा तथा खेलकुद मन्त्री समेत भइसकेकी छिन् । उनी हाल माओवादी केन्द्रको सचिवालय सदस्य तथा महिला विभाग इन्चार्ज छिन् ।

प्रत्यक्षतर्फ उनी पहिलो पटक निर्वाचन लडेर विजयी बनेकी हुन् । उनी माओबादी नेता गणेशमान पुनकी श्रीमति हुन । अघिल्लो चुनाबमा गणेशमानले प्रत्यक्षको टिकट पाएर जीत हाँसिल गरेपनि यसपटक श्रीमानले नपाएर श्रीमतिले टिकट पाएकी हुन ।

बिजय पश्चात छोटो प्रतिक्रिया दिदै उनले चुनाब अभियानका क्रममा जनताले गरेको माग र आवश्यकता अनुसारको अवस्था हेरेर आफुले प्रतिवद्धता जनाए अनुसारका विकास योजना पुरा गर्ने बताईन । ‘मैले बाम गठबन्धनको तर्फबाट घोषणा पत्रमा लेखे अनुसारका योजना क्रमशः कार्यान्वयनमा लैजाने र जिल्लाको विकास र समृद्धिलाई तीव्रता दिन्छु’ उनले भनिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web