पूर्व पश्चिम राजमार्ग कनकाइमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु

मंसिर १, २०७४ मा प्रकाशित | 3104 views

दमक ।

पश्चिम राजमार्गको कनकाई नगरपालिकाको सडक खण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका दुई जनाको पोष्टमार्टम गरिएको छ ।

झापाको कन्काई नगरपालिका १ स्थित जुके कल्भर्ट सडक खण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु  भएका रंगलाल ढकाल र उहाँको श्रीमती मनमाया ढकालको पोष्टमार्टम गरिएको हो ।

वडा नम्वर १ स्थित जुके कल्भर्ट सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकालको शव बिएण्डसी हस्पिटलमा राखीएको छिमेकी बेधनिधि चापागाईले बताउनु भयो ।

मृतकका जेठा छोरा विजय ढकाल स्वीडेनमा रहेका र उनी आए पछि मात्र बैदिक विधि अनुसार दाहसंस्कार गरिने ढकाल परिवारले जनाएको छ ।  रंगलाल र मनमायाको शव हाललाई  बिएण्डसीको  आइस कक्षमा राखीएको छिमेकी चापागाईले बताउनु भयो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१प ९८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा३ख ५८८७ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो ।

माइक्रोबसको ठक्करबाट गम्भीर घाइते बनेका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको बताइएको छ । मृतक ढकालको छोराहरु विजय र धिरज रहेका छन् । यसै गरी छोरीहरु तुलसा र झरना ढकाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web