नेपाल १०३ रनमा अल आउट, अफगानिस्तान सामान्य लक्ष्य पछ्याउँदै ब्याटिंगमा (लाईभ हेर्नुहोस्)

मंसिर १, २०७४ मा प्रकाशित | 3152 views

क्वालालम्पुर ।

अनिल कुमार शाह बाहेक कुनैपनि खेलाडीले अफगानिस्तान बिरुद्धको एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा राम्रो ब्याटिंग गर्न नसक्दा नेपाल १०३ रनमै अलआउट हुन पुगेको छ ।

पहिलो पटक सेमिफाइनलमा पुगेको नेपाल चिर प्रतिद्धन्द्धि अफगानिस्तानले १०४ रनको लक्ष्य पाउँदा फाइनल यात्रा कठिन बन्न पुगेको छ ।

टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले गरेको खराब सुरुवात १० विकेट गुम्दा सम्म सुध्रन सकेन । ५७ बलको सामना  गर्दै अनिल कुमार शाहले १ छक्का र ७ चौका प्रहार गर्दै हाफ सेन्चुरी पुरा गरेपनि अन्य खेलाडी जम्न नसक्दा उनको योगदान फितलो बन्न पुगेको छ ।

५० ओभरको खेलमा मात्र २८ ओभरमा १० विकेट गुमाएको नेपाल बिरुद्ध अहिले अफगानिस्तान केवल १०४ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिगंमा उत्रेको छ ।

गत जुलाईमा नेपाल र अफगानिस्तानको युवा टोली सिंगापुरमा भएको विश्वकप छनोटमा आमनेसामने भएका थिए । राउण्ड रोबिन लिगमा नेपालले अफगानिस्तान विरुद्ध खेलेका दुबै खेलमा पराजय भोगेको थियो । यसपटक त्यसको बदला लिने मौका पाएको नेपालका बलरले उत्कृष्ठ बलिगं गरेमात्र त्यो संभावना केही जिवित छ ।

नेपालले समूह चरणमा भारत र मलेसियालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । भारतलाई कुनैपनि स्तरको क्रिकेटमा नेपालले पहिलोचोटी पराजित गरेको हो ।

पहिलो सेमिफाइनलमा बंगलादेशलाई २ रनले पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उसले नेपाल र अफगानिस्तानको खेलको विजेतासँग भिड्नेछ ।

लाईभ हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web