एएफसी एशियन कपमा नेपालले गुरुङको कप्तानीमा फिलिपिन्स बिरुद्ध खेल्ने

कार्तिक २७, २०७४ मा प्रकाशित | 4272 views

काठमाडौं । ए एफ सी एशियन कप फुटबल प्रतियोगिताका लागि नेपाली खेलाडीहरुको अन्तिम नामावली सोमबार सार्वजनिक भएको छ । २३ सदस्यीय नेपाली टोलीको कप्तानी अनिल गुरुङ्गले गर्दै छन् ।

प्रतियोगिता अन्तर्गत नेपाल र फिलिपिन्सबीचको खेल मंगलबार एन्फा मैदान सातदोबाटोमा दिनको दुई बजे शुरु हुनेछ ।

प्रतियोगिता पूर्व सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपालका अनिल गुरुङ्गले फिलिपिन्स पहिले देखि नै नेपाल भन्दा बलियो भए पनि नेपाली टोलीमा फिलिपिन्सलाई जित्ने क्षमता रहेको बताउनुभयो ।

यसैगरी, फिलिपिन्सका कप्तान फिल योङ्गहज्बेन्डले ए एफ सी एशियन कपका लागि छनोट हुनका लागि मंगलबारको खेलले निकै महत्व राख्ने बताउनुभयो ।

नेपाल रहेको समूह एफ मा फिलिपिन्स, यमन र ताजिकिस्तान रहेका छन् । फिलिपिन्स अहिले सम्मका खेलबाट ८ अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ ।

नेपाललाई पराजित गरे फिलिपिन्स पहिलो पटक ए एफ सी एशियन कपका लागि छनोट हुने छ ।

नेपाल मात्र १ अङ्क सहित समूहको पुछारमा रहेको छ भने यमन र ताजिकिस्तानको समान ६ अङ्क रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web