काठमाडौं ।

नेपालले मलेसीयामा जारी आई सी सी अण्डर १९ यूथ यशिया कप क्रिकेट प्रतियोगितामा भारतलाई पराजित गर्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ ।

मलेसियाको किरारा ओभलमा आईतबार भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो ।

नेपालले कुनै पनि उमेर समूहमा या राष्ट्रिय स्तरमा भारतलाई जितेको यो पहिलो पटक हो ।

काठमाडौँमा रहनु भएका नेपाली शिनियर राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक जगत टमाटाले जितको श्रीङ्खलालाई जारी राख्न खेलाडिहरुले नियमित रुपमा प्रतियोगिताहरुमा भाग लिई रहनु पर्ने बताउनुभयो ।

प्रशिक्षक टमाटाले नेपालको खेलको स्तर अझ उकास्न खेलकुद संस्था पनि संगै क्रियाशिल हुनु पर्ने र खेलाडि उत्पादनका लागि विभिन्न उमेर समूहका प्रतियोगिताहरु पनि नियमित रुपमा संचालन हुनु पर्ने बताउनुभयो ।

नेपालले दिएको १ सय ८६ रनको विजयी लक्ष्य पछ््यउने क्रममा भारतले १ सय ६६ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।

नेपालको जितमा कप्तान दिपेन्द्र सिंह ऐरिले ब्याटिङ्ग र बलिङ्ग दुवै तर्पm निकै योगदान गरे ।

अलराउण्डरको राम्रो भूमिका निर्वाह गरेका कप्तान ऐरिले ८८ रनको योगदान गर्दै ४ विकेट पनि लिएका थिए ।

अरु ब्याट्स् म्यानहरुले खासै रन बनाउन नसके पनि शुरुआति ब्याट्स् म्यान जितन्द्र सिंहले ३६ रन बनाएका थिए ।

नेपाल शुक्रबार भएको पहिलो खेलमा बंगलादेश संग पराजित भएको थियो ।

अब नेपालले लिगको तेस्रो तथा अन्तिम खेल मंगलबार आयोजक मलेसिया संग खेल्ने छ ।

समूहको विजेता र उपविजेता समिफाईनलमा प्रवेश गर्ने छन् ।

19.12¡ÆC