समाजसेवा छाड्दै काँग्रेस कार्यकर्ता बनिन् अनुराधा कोइराला

कार्तिक २६, २०७४ मा प्रकाशित | 821 views

काठमाडौं ।

सामाजिक क्षेत्रमा सक्रिय रहेपनि नेपाली काँग्रेसप्रति सहानुभुति र सहयोग गर्दै आएकी ‘सिएनएन हिरो’बाट सम्मानित अनुराधा कोइराला नेपाली काँग्रेस पार्टीमा विधिवत रुपमा प्रवेश गरेकी छिन् ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच टिका लगाएर कोइरालालाई पार्टीमा स्वागत गरेका हुन् ।

चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा तीन दशकदेखि सक्रिय कोइरालाले काँग्रेस पार्टी प्रवेशको घोषणा गरेपछि मुलुकको आर्थिक वृद्धि र समृद्धि काँग्रेसबाट मात्रै सम्भव भएको बताइन् ।

कोइरालाले लोकतन्त्रबाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने सो अवसरमा बिचार राखेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web