धनगढी ।

कैलाली, दाङ्ग र काठमाडौंमा भएको सडक दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् ।

बैतडीबाट कञ्चनपुर जाँदै गरेको बस कैलालीको चुरे गाउँपालिका ३ धपेनीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बैतडी गाउपालिका ६ की ६४ बर्षकी झुण्डीदेवी चन्द, पंचेश्वर गाउपालिका ४ की २४ बर्षीया कविता तिवारी र पाटन नगरपालिका ५ की १८ बर्षीया रेवती भाट रहेको कैलाली प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३६ जना मध्ये २ जनालाई थप उपचारका लागि भारतको लखनउ लगिएको र अन्य घाइतेको सेती अचल अस्पताल र पदमा अस्पताल अतरीया उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बैतडीबाट महेन्द्रनगरतर्फ जादै गरेको ना ४ ख २७२३ नम्बरको यात्रुबाहक आज बिहान ५ बजेतिर सहजपुर सडकखण्डको धपेनीमा सडकबाट डेढ सय मिटर तल खसेको थियो ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ ।

आजै कैलालीको खानीडाडा नजिक पछाडीबाट ट्रकले मोटरसाइकललाई ठक्कर दिदा बाजुराको बुढीगंगा नगरपालिका १० की ललीता कुमारी जैशी र बनबेहडा नजिक ट्रककै ठक्करबाट प्रहरी हवल्दार गजेन्द्र ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, लमही भालुवाङ सडक खण्डको लमही १ नर्तिमा ट्रकले ट्याक्सीलाई ठक्कर दिदा राप्ती गाँउपालिका ५ की ३६ बर्षिया रामपति चौधरी र पहिचान खुल्न नसकेकी अर्की एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते १० जना मध्ये ५ जनालाई लमहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बुटवल लगिएको छ भने ५ जनाको लमही अस्पतालमा उपचार भैरहेकोे छ ।

यस्तै काठमाडौंमा आजै ट्याक्सीको ठक्करबाट धादिङ रुबीभ्यालीका २१ वर्षीय रुप घलेको मृत्यु भएको हो ।

ट्याक्सीले ठक्कर दिँदा घाइते भएका घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको महागरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिनुभयो ।

21.38¡ÆC