दाङ ।

दाङको लमहीमा आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

लमही भालुवाङ सडक खण्डको लमही १ नर्तिमा ट्रकले ट्याक्सीलाई ठक्कर दिदा ट्याक्सीमा सवार दुइ महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । मृत्यु हुनेमा राप्ती गाँउपालिका ५ की ३६ बर्षिया रामपति चौधरी रहनु भएको छ भने अर्की एक महिलाको अहिले सम्म सनाखत नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते १० जना मध्ये ५ जनालाई लमहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने ५ जनाको लमही अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

ना ४ ख ७५५५ नम्मरको ट्रकले आज बिहान लमही १ नर्तिमा ना १ ज १३४५ नम्मरको जिपलाई ठक्कर दिदा दुर्घटना भैरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

16.73¡ÆC