रुकुम ।

रुकुम पश्चिमको चौरजहारी अस्पतामा ९१ जना आँखा सम्वन्धि समस्या भएका विरामीहरुको सफल शल्यक्रिया भएको छ । नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजना र चौरजहारी अस्पतालको व्यवस्थापन विरामीहरुको सफल सल्यक्रिया गरिएको हो ।

चौरजहारी अस्पतालमा शनिवार देखि सुरु भएको आँखा शिविरममा ३० जना पुरुष र ६१ जना महिलाहरु गरी कुल ९१ जनाको शल्यक्रिया भएको डा. सन्तोष सुवेधीले जानकारी दिए । उनका अनुसार शिविरमा ५ सय ५५ जना विरामीहरुले आँखा परिक्षण उपचार तथा परामर्श सेवा लिएका छन । मोतिविन्दु जलविन्दु लगाएत समस्या भएका विरामीहरुको शल्यक्रिया गरीएको थियो । शनिवार एक औपचारीक कार्यक्रमको आयोजना गरी चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले शिविरको उदघाटन गरे । उदघाटन समारोहमा प्रमुख शर्माले राप्ती आँखा अस्पतालले प्रत्येक वर्ष संचालन गर्दै आईरहेको आँखा शिविर वाट दुरदराजका विरामीहरु लाभिन्वित भएको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे ।

उनले राप्ती आँखा अस्पताल रक्षाचौर दाङ र चौरजहारी अस्पतालले समन्वय गरी नगरपालिकाको खोलागाउँमा शिविर संचालन गर्नुपर्ने आवाश्यकता रहेको भन्दै त्यसको लागी नगरपालिकाले सहयोग गर्न तयार रहेको वताए । शिविरमा रुकुम सगै छिमेकी जिल्ला सल्यान र जाजरकोट लागएतका जिल्लाहरुवाट पनि विरामीहरु आएका थिए ।

17.18¡ÆC