नेदरल्याण्डका नागरिकले होटलमा राखेर बाल यौन दुराचार गर्ने गरेको पाइएपछि पक्राउ

कार्तिक २५, २०७४ मा प्रकाशित | 1480 views

काठमाडौं ।

नेदरल्याण्डका नागरिक बाल यौन दुराचार गरेको आरोपमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलेबाट खटिएको टोलीले काठमाडौंको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दैै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ क्रियुजेसेनलाई यौन दुराचार अपराधअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

बाल दुराचार अपराधमा अधिकतम १३ वर्षसम्म कैद सजाय तथा पीडितलाई मनासिव क्षतिपूर्ति भराउनुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web