काठमाडौं ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत रहेको न्याय सेवा तालिम केन्द्रले १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० सहित २० जना उच्च अधिकारी बेपत्ता भएको भन्दै खोजिदिन गृहमन्त्रालयलाई पत्राचार गरेको छ ।

‘न्याय सेवा तालिम केन्द्रद्वारा तीन महिनाका लागि सञ्चालन गरिएको कानुन र न्यायसम्बन्धी तालिम लिँदालिँदै १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृहका अधिकारी बीचैमा तालिम छाडी बेपत्ता भएको भन्दै उनीहरुलाई खोजिदिन केन्द्रले मन्त्रालयलाई पत्राचार गरेको हो’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

न्याय सेवा तालिम केन्द्रका अनुसार केन्द्रले गृहमन्त्रालयअन्तर्गत रहेको र प्रशासन सेवाका सहसचिव तथा उपसचिवका लागि २० असोजदेखि कानुन र न्यायसम्बन्धी तीन महिने तालिम सञ्चालन गरेको थियो

15.51¡ÆC