काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिरमा हुने निर्वाचनका लागि भोलिदेखि मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्ने भएको छ ।

मतदाता शिक्षा कार्यकर्ताले प्रत्येक मतदाताको घरघरमा पुगेर मतदातालाई मत संकेत गर्न सिकाउने छन् ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन शिक्षा कार्यकर्ताले मतदातालाई मतदान केन्द्रको तयारी, समानुपातिकतर्फ एउटा मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई मतदान गर्ने र प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि छुट्टै र प्रदेशसभाका लागि छुट्टै मतपत्रमा मत संकेत गर्ने तरिका सिकाउने छन् ।

यसका लाग निर्वाचन अवधिभर २० हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने आयोगले जनाएको छ ।

18.12¡ÆC