काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावकारी रुपले सम्पन्न गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पार्टी अध्यक्ष ओलीको निवासमा आज बसेको बैठकले पार्टी अध्यक्ष ओलीको संयोजकत्वमा २७ सदस्यीय कमिटी गठन गरेको पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमालले जानकारी दिनुभयो ।

25.12¡ÆC