सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले अब नेपालको आर्थिक सामाजिक रुपान्तरणले मूर्त रुप पाउने बताउनुभएको छ ।

ऐतिहासिक सिन्धुली गढीको २५० औँ विजय उत्सवको अवसरमा ठूलो गढीमा झण्डोत्तोलनपछि राष्ट्रपति भण्डारीले अबको प्रतिनिधिसभा र प्रदेशसभाको सफल निर्वाचनपछि आर्थिक सामाजिक रुपान्तरणले मूर्त रुप पाउने बताउनुभयो ।

संविधानले निर्दिष्ट गरेअनुरुप संघीय संसद र प्रदेश स्तरमा निकट भविष्यमा हुन लागेको निर्वाचनमा सबैको उत्साहपूर्वक सहभागिता र सक्रिय सहयोगको आफूले अपेक्षा गरेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

निर्वाचनको सफल सञ्चालनले देशमा राजनीतिक स्थायित्व सुदृढ पार्नुका साथै आम जनताको जीवनस्तर दु्रतगतिमा अघि बढ्ने विश्वास लिएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

25.12¡ÆC