कांग्रेसको साथ लिएर चुनावी मैदानमा ओर्लिएका भट्टराई कति सुरक्षित ?

कार्तिक २३, २०७४ मा प्रकाशित | 761 views

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाकोको चुनाव मंसिर १० र २१ गते हुँदैछ। पहिलो चरणको चुनाव हिमाली र पहाडी ३२ जिल्लामा  १० गते चुनाव हुँदैछ भने  त्यस्तै, बाँकी ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा २१ गते चुनाव हुनेछ। आसन्न चुनावलाई लिएर दल र तिनका नेता तीव्र प्रचारप्रसारमा छन्। वरिष्ठदेखि कनिष्ठ नेतासम्म मतदातालाई फकाउन र लोभ्याउन व्यस्त देखिन्छन्। कतिपय पार्टीका प्रमुखहरू निर्वाचन क्षेत्रमा खटिएका छन्।

नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरेर संयुक्त र सहमतिमा उम्मेदवारी दिएका छन्। नेपाल लोकतान्त्रिक फोरमसँगको एकतापछि कांग्रेस केही ठाउँमा थप बलियो देखिएको छ। त्यस्तै, मधेस केन्द्रित राजनीति गरिरहेका दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको तालमेलले उनीहरूको पनि मनोबल बढेको छ।

भट्टराई कति सुरक्षित

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई भट्टराईलाई टाउको दुखाई बनेको छन् माओवादी केन्द्रको नेता नारायणकाजी ।  उनीहरु बीच गोरखा(२ बाट प्रतिस्पर्धा हुदैछ । बाबुरामलाई  चुनावी मैदानमा नेपाली कांग्रेसले साथ दिएको छ। उनी पहिलो संविधानसभाको चुनावमा गोरखा–२ र दोस्रो चुनावमा गोरखा–१ बाट विजयी भएका थिए।

दोस्रो संविधानसभाको चुनावमा उनी रुपन्देही–४ मा भने तेस्रा भए। भट्टराईले ती सबै चुनाव माओवादीको उम्मेदवारका रुपमा लडेका थिए। तर, अहिले उनी नयाँ शक्तिको उम्मेदवारका रुपमा माओवादीसँगै प्रतिस्पर्धामा उत्रिएका छन्।

यहाँबाट वामपन्थी गठबन्धनका तर्फबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ भट्टराईसँग मुख्य प्रतिस्पर्धामा छन्।  यस क्षेत्रमा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकाका वडा नम्बर ८ देखि १४ सम्म पर्छन्।

गोरखा नगरपालिकाका वडाहरुलाई छाडेर बाँकी ४ वटा तहमध्ये ३ मा कांग्रेस र एकमा माओवादीले जितेको थियो। दुवै दलले एकअर्कालाई पछ्याएका थिए। गोरखा नगरपालिकाका ८ देखि १४ सम्मका ७ वटा वडामा एमालेले २ वटा वडा अध्यक्ष जितेको थियो। त्यस्तै, कांग्रेसले ४ र माओवादीले १ वटा वडा अध्यक्षमा जितेको थियो। ४ वटा स्थानीय तह र गोरखा नगरपालिकाका वडाको मत जोड्दा माओवादी बलियो हुन आउँछ। उसले कुल १७ हजार ७ सय ९४ मत पाएको देखिन्छ। त्यस्तै, कांग्रेसले १७ हजार ७०, नयाँ शक्तिले ७ हजार ४ सय १६ र एमालेले ७ हजार १ सय ७२ मत पाएका छन्।

स्थानीय तहमा खसेकै मत अनुसार उम्मेदवारले मत पाउने हो भने वामपन्थी गठबन्धनका उम्मेदवार श्रेष्ठले २४ हजार ९ सय भन्दा बढी मत पाउँछन्। जबकि, लोकतान्त्रिक गठबन्धनका भट्टराईले २४ हजार ४ सयभन्दा केही बढी मात्र मत पाउँछन्। उनीहरु बीच लगभग ५ सयको अन्तर देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web