भारतसँगको खुला सिमाना नियन्त्रण गर्न माग

कार्तिक २२, २०७४ मा प्रकाशित | 1115 views

काठमाडौं ।

यस्तै  मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालले आज चुनाबी घोषणा पत्र जारी गरी नेपाल–भारत खुला सिमानाको नियन्त्रण र नियमन गरिनुपर्नेमा जोड दिएको छ ।

घोषणापत्रमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत सम्पूर्ण असमान सन्धि सम्झौताहरू खारेज गर्ने , अन्तर्रा्ष्ट्रिय कानुनअनुसार समुद्री मार्गसम्मको पहुँच र पारवहनको सुनिश्चितताका लागि पहल गर्ने उल्लेख छ ।

यसैगरी, चीन र भारतबीच भएको व्यापारिक सम्झौतामा नेपालको लिपु लेकलाई भारतीय भू–भागको रूपमा उल्लेख गरिएकाले त्यसको खारेज गर्ने र भारतद्वारा अतिक्रमित भू–भाग फिर्ता गर्न पहल गर्ने लगायतका विषय घोषणापत्रमा समावेश गरिएको छ ।

भ्रष्टाचार विरोधी सशक्त कानून बनाउने , भ्रष्टाचारीलाई सशक्त कानुनी कारबार्हीे र भ्रष्टाचारलाई अन्त्य गर्ने कार्यमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता सो पार्टीले व्यक्त गरेको छ ।

शिक्षा र स्वास्थ्यलाई पूर्णरूपले राज्यको दायित्वअन्तर्गत राख्ने, सामन्ती भू–स्वामित्वको अन्त्य गरी वैज्ञानिक र क्रान्तिकारी भूमिसुधारको व्यवस्था गर्ने अठोट पनि मोर्चाले घोषणा पत्रमा गरेको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले आफूहरू वैकल्पिक शक्ति भएको र सोहीअनुरुप जनताले आफूहरूलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति अवलम्बन गरिएअनुसार आफूहरू निर्वाचनमा सहभागी हुन लागेको अध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।

मोर्चाले प्रतिनिधिसभाका ९२ क्षेत्रमा र प्रदेशसभाको २०१ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web