नेपालगञ्ज ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत् बाँकेको अगैया नजिकै आज विहान यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक यज्ञ भट्टराईले जानकारी

दिनुभयो । काठमाण्डौंबाट जाजरकोटका लागि छुटेको ना ६ ख ४०२ नम्वरको बस बाँकेको राप्तीसोनारी १ मा पर्ने अगैया नजिकै दुर्घटनामा परेको हो ।

घाइते सबैको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

22.12¡ÆC