‘निर्वाचनलाई नमूना निर्वाचनका रुपमा सफल बनाउन आयोग दृढ’

कार्तिक १७, २०७४ मा प्रकाशित | 3435 views

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई व्यवस्थापकीय दृष्टिकोणबाट नमूना निर्वाचनका रुपमा सफल बनाउन  निर्वाचन आयोगले दृढताका साथ काम गरिरहेको बताउनुभएको छ ।

राजनीतिक दलसम्बद्ध युवाको लागि आयोजित प्रशिक्षण कार्यक्रमको आज काठमाडौंमा शुभारम्भ गर्दै प्रमुख आयुक्त डा. यादवले  पहिलो चरणको निर्वाचनको कार्यक्रम मतदान केन्द्र केन्द्रीत भइसकेको जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले  आचार संहितको उल्लंघन गर्ने विरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले निर्वाचनको मुख्य सरोकारवाला पक्ष राजनीतिक दलले यो कुरालाई राम्रोसँग हेक्का राख्न सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web