मतदाता शिक्षा प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

कार्तिक १७, २०७४ मा प्रकाशित | 869 views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बढीभन्दा बढी सहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवासमा आज निर्वाचन आयोगका पदाधिकारीससँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएकाले अधिकतम मत खस्ने र न्यून बदर हुने गरी व्यवस्थापन गर्न आग्रह गर्नुभयोे ।

प्रधानमन्त्रीले निर्वाचनका लागि सरकारका तर्फबाट आवश्यक सबै सहयोग २४ सै घण्टा उपलब्ध गराउन आफू तयार रहेको बताउनुभयो ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनमा प्रधानमन्त्रीको शुरुदेखिको प्रतिबद्धताले आयोगलाई काम गर्न हौसला मिलेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web