चुनावमा असरपर्ने डरले प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता

कार्तिक १६, २०७४ मा प्रकाशित | 968 views

काठमाडौं ।

सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्दा पार्टीलाई चुनावमा असरपर्ने आशंकामा नेपाल आयल निगमलाई मूल्यबृद्धि फिर्ता गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि निगमले मूल्यबृद्धिको निर्णय फिर्ता लिएको छ। मूल्यबृद्धि फिर्ता गरी पुरानै मूल्य कायम गरिएको आपूर्तिमन्त्री जयन्त चन्दले बताएका छन् ।।

निगमले बिहीबारदेखि हवाई इन्धनबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले पेट्रोल र डिजेलमा दुई रुपैयाँ तथा मट्टितेलमा डेढ रुपैयाँ मूल्य बढाएको थियो। खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले मूल्य बढाउनु पर्ने बाध्यात्मक अवस्था आएको भन्दै बुधार निगमले मूल्य समायोजन गरेको थियो ।

मूल्यवृद्धिपछि निगमलाई १५ दिनमा १ करोड ९७ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको थियो।

तर मूल्य यथावत राख्ने निर्णयले निगमको घाटा २० करोडभन्दा माथि पुग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web