काठमाडौं ।

पहिलो चरणको प्रतिनिधिसभा र संघिय प्रदेशको चुनावमा समानुपातिक भोटमात्र बटुल्नेगरि उम्मेद्धारी तय गर्दै संघीय समाजवादी फोरमले प्रतिनिधिभाका ६२ उम्मेदवार घोषणा गरेको छ ।

राजपासँग प्रदेश २ को सिट बाँडफाँट गर्दै फोरमले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो ।

सार्वजनिक उम्मेद्धारहरुको नामावली अनुसार फोरम अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि सप्तरी २ बाट चुनाव लड्ने भएका छन् ।

वरिष्ठ नेता अशोक राई पनि तराईबाटै चुनाव लड्ने भएका छन् । उनले सुनसरी १ मा भाग पाएका छन् । राईलाई कांग्रेसले पनि समर्थन गर्ने भएकोछ । त्यसको बदलामा फोरमले सुनसरी ३ मा उम्मेदवारी नै नदिने भएको छ ।

फोरमले मोरङको क्षेत्र नम्बर ६ बाहेकका सबै सिट र झापाका सबै सिटमा उम्मदेवार तोकेको छ ।

महोत्तरी १ मा लक्ष्मी महतो, ४ मा डा. सुरेन्द्र महतो, सर्लाही ३ मा अशोक सिंह कोइरी, रौतहट २ मा किरण साह, बारा २ मा रामसहायद यादव, ३ मा रामकिशोर यादव उम्मेदवार भएका छन् । पर्सा १ मा प्रदिप यादव, २ मा विमलप्रसाद श्रीवास्तव र ३ मा हरिनारायण रौनियारलाई उम्मेदवार बनाइएको छ ।

सप्तरी १ मा सूर्यनारायण यादव, सिरहा १ मा राजला यादव र २ मा शत्रुघन सिंह कोइरी र ३ मा अशेश्वर यादव, धनुषा १ मा दिपक कार्की, २ उमा उमाशंकर अरगरीया र ४ मा महाजन यादवलाई उम्मेदवार बनाइएको छ ।

29.12¡ÆC