भदौ महिनामा निर्यात मात्र ३ प्रतिशत बढ्यो

कार्तिक १३, २०७४ मा प्रकाशित | 818 views

काठमाडौं ।

चालुआर्थिक बर्षको भदौ महिनामा नेपालको कुल वस्तुनिर्यात ३ प्रतिशतले बढेर १३ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा भारततर्फ ३.३ प्रतिशतले निर्यात घटेको छ भने चीनतर्फ ४४.६ प्रतिशत र अन्य मुलुकतर्फ ९.७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैकले जनाएको छ ।

यस अवधीमा वस्तुगत आधारमा पशु आहार, धागो, तयारी पोशाक, पिना, वनस्पती घ्यू लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलैची, उनी गलैचा, जि।आई। पाइप, टूथपेष्ट लगायतका वस्तुहरुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ११ प्रतिशतले बढेर १६५ अर्ब ४१ करोड पुगेको छ ।

यस अवधिमा भारतबाट भएको आयात ८.१ प्रतिशत, चीनबाटको आयात २६.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १०.७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ११.८ प्रतिशतले बढी  १५१ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ४८.१ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web