काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि छुट्टा छुट्टै मतपत्रको छपाई शुरु भएको बताउनु भएकोे छ ।

प्रमुख निर्वाचन आयुक्त डा। यादवले आज आयोगमा पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छपाइ गर्ने क्रममा बझाङ र बैतडी जिल्लाका लागि आवश्यक मतपत्र छपाइको कार्य पुरा भएको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा। यादवले प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टा छुट्टै मतपत्रको व्यवस्था भएपछि मतपेटिका, जनशक्ति, ढुवानी, मतदाता शिक्षालगायतको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी भयो ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई तोकिएकै समयमै सम्पन्न गर्ने क्रममा आइपर्ने विभिन्न खाले चूनौति र संकटको व्यवस्थापन गर्दै दृढ आत्मबलका साथ आयोग अघि बढेकाले अब कुनै पनि शक्तिले निर्वाचनलाई रोक्न नसक्ने दृढता व्यक्त गर्नुभयो ।

23.12¡ÆC