काठमाडौं ।

उद्योगपतिका रुपमा चिनिएका पूर्व एमाले सांसद विनोद चौधरीले पार्टी फेरेका छन् । त्यसो त चौधरीले पार्टी फेरेका मात्र भने होइनन् काँग्रेसले चौधरीबाट चुनाव खर्च पाउनेभएपछि उनलाई समानुपातीक सांसद बनाउने भएको छ ।

विश्वकै धनीहरुको सूचीमा परेका व्यापारी चौधरीलाई नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा प्राथमिकतामा राखेको खुलासा भएको छ ।

कांग्रेसले आइतवार राति निर्वाचन आयोगलाई बुझाएको अन्तिम नामावलीमा चौधरीको नाम राखेको पाइएको हो ।

०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद भएका चौधरी ०७० मा पनि एमालेबाटै नवलपरासीबाट प्रत्यक्षका लागि सिफारिस भएपनि चौधरी चुनावमा पराजित हुने डरले प्रत्यक्ष चुनावबाट पछि हटेका थिए ।

उतिबेला समेत चौधरीले करोडौं रुपैयाँ एमालेलाई सहयोग गरेर सांसद बनेको चर्चा चलेको थियो ।

अर्बपतीका रुपमा चिनिएपनि बिनोद चौधरी अर्बौं रुपैयाँ भ्याट छली प्रकरणमा समेत संलग्न भेटिएको छ । उनले सञ्चालन गरेका कयौं कम्पनीले भ्याट छलेको खवर यसअघिनै प्रकाशित भइसकेका छन् ।

काँग्रेस वरिष्ठ नेताहरुले नै चौधरीको नाम समानुपातिक सुचिमा राखेको समाचार पढेर थाहा पाएको बताउन थालेका छन् ।

आफ्नै पार्टीले ककसलाई समानुपातिक सुचिमा के का आधारमा राखेको समेत थाहा नपाएको भन्दै व्यापारि चौधरीले प्राथमिकता सहित सुरुवाती क्रममै नाम राखेको भन्दै काँग्रेसभित्र असन्तुष्टि बढ्नुका साथै पार्टी सभापती शेरबहादुर देउवा आर्थिक प्रलोभनमा परेको आरोप लगाउन थालेका छन् ।

21.12¡ÆC