पोखरा ।

आफैं लोकतान्त्रीक गठबन्धन बनाउँदै फोरम लोकतान्त्रीकलाई पार्टीमा समायोजन तथा अन्य साना दलसँग चुनावी तालमेल गरिरहेका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा वाम गठबन्धनमाथि खनिन थालेका छन् ।

कन्युनिष्ट पार्टीहरुको गठबन्धनको खेदो खन्न थालेका प्रधानमन्त्री शेउवाले बाम गठबन्धन राष्ट्रको विरुद्ध रहेको आरोप लगाएका छन् ।

पोखरामा शनिबार विभिन्न दल आवद्ध भनिएका व्यक्तिहरुलाई टिका लगाएर काँग्रेस प्रवेश गराउँदै राष्ट्रियता कमजोर पार्ने षडयन्त्र सहित बाम गठबन्धन भएको जिकिर गरे ।

प्रधानमन्त्री देउवाले भने ‘डर, त्रास र एकदलीय तानाशाही शासन लाद्नका लागि गठबन्धन भएको हो, निरंकुश शासन लाद्ने प्रयास भईरहेको छ। गठबन्धन राष्ट्रका विरुद्ध हो ।’

बाम दलहरुको गठबन्धनले मुलुकमा डर, त्रास निम्त्याउन थालेको तर्क गर्दै प्रधानमन्त्रीले गठबन्धन कांग्रेस विरुद्ध रहेको पनि बताए ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको लडाई लोकतन्त्र र साम्यबादीबीचको रहेको भन्दै अब हुने निर्वाचन प्रजातन्त्र र साम्यवादीबीचको भएको धारणा राखे ।

निर्वाचनको तिथि नजिकिँदै गएपछि अखण्ड नेपाल पार्टी कांग्रेसमा मिसिएको छ ।

केन्द्रीय अध्यक्ष कुमार खड्का सहितका पदाधिकारीलाई शनिबार कांग्रेस सभापति देउवाले सदस्यता दिलाए । अखण्डका ५७ जिल्ला कार्यसमिति सहित सबै नेता कार्यकर्ता अब कांग्रेसमा मिसिएको अध्यक्ष खड्काले बताए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री र नेता पौडेलले अधिकाशं समय बाम गठबन्धनको आलोचना गर्न समय खर्चिएका थिए ।

20.12¡ÆC