कैलाली ।

गरिविको मारमा परेर ऋण तिर्न नसकेपछि जिल्लामा एक पुरुषले नाबालक छोराको हत्या गरि आत्महत्या गरेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन् ।

घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ भनेर जोशीले लेखी छाडेको सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

उक्त नोटमा आफूलाई धेरै ऋण लागेकाले यस्तो गर्नुपरेको समेत लेखिएको प्रहरी निरीक्षक मल्लले बताए ।

आफ्नै घरको कोठामा बुधबार राति छोराको हत्या गरेर घरकै बैठक कोठामा जोशी झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका हुन् ।

25.12¡ÆC