काठमाडौं ।

बागी उम्मेद्धारी दिएका माओवादी रामेछापमा उम्मेद्धारहरुले हेलिकोप्टर चार्टर गरेर हतारमा उम्मेद्धारी फिर्ता लिएका छन् ।

नेतृत्वबाट चर्को दबाव आएपछि वामपन्थी गठबन्धन बिरुद्ध सबै पदमा बागी उम्मेदारी दिएका माओवादी नेताहरु अन्ततःपछि हटेका हुन् ।

पार्टीको ३ नम्बर प्रदेश हेडक्वार्टरसँगको वार्तापछि उम्मेदवारी फिर्ता लिन तीनैजना बागी उम्मेवार हेलिकोप्टरबाट मन्थली पुगेका छन् ।

टिकट वितरण र सिट बाँडफाँडप्रति अशन्तुष्टि जनाउँदै पूर्व सभासद लक्ष्मी गुरुङले प्रतिनिधिसभामा माओवादी नेता तथा राज्यमन्त्री श्यामकुमार श्रेष्ठ विरुद्ध उम्मेदवारी दिएकी थिइन् । उनी माओवादीबाट २०६४ मा समानुपातिक सभासद थिइन् भने २०७० मा प्रत्यक्ष चुनाव लडेकी थिइन् ।

त्यस्तै जिल्ला सचिवालय सदस्य हेमन्त पौडेल निकासले प्रदेश क मा एमाले जिल्ला अध्यक्ष शान्ति पौडेल विरुद्ध उम्मेदवारी दिएका थिए भने माओवादी पोलिटव्यूरो सदस्य मैनकुमार मोक्तानले प्रदेश ख मा एमाले नेता कैलाश ढुंगेल विरुद्ध उम्मेदवारी दिएका थिए ।

पार्टी नेताहरुले अशन्तुष्ट माओवादी नेता युवराज चौलागाई सहित बागी उम्मेदवारहरुसँग छलफल गरेपछि उनीहरुलाई समानुपातिक लगायत अन्य ठाउँमा न्याय गर्ने आश्वासन दिइएको स्रोतले जनाएको छ ।

पार्टीमा छलफल गर्दा ढिलो भएको र उम्मेवारी फिर्ता लिने समय सकिने भएकाले बागी बागी उम्मेदवारलाई हेलिकोप्टरबाट मन्थली लगिएको हो । बागीलाई मन्थली लैजान प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका गृहराज्यमन्त्रीबाट बिनाबिभागीय भएका श्याम श्रेष्ठले हेलिकोप्टर व्यवस्था गर्नुका साथै उनि आफुपनि पुगेका थिए

19.12¡ÆC