काठमाडौं । क्रिस्चियानो रोनाल्डो यस वर्षको फिफा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

लण्डनमा सोमबार राति भएको कार्यक्रममा पोचुर्गल र रियल म्याड्रिडका स्ट्राईकर रोनाल्डोले मेस्सी र नेईमारलाई पछि पार्दै सन् २०१७ का लागि विश्वको उत्कृष्ट फुटबल खेलाडीको उपाधि जितेका थिए ।

निदेरल्याडस् र बार्सीलोना क्लबकी लिकि मार्टिन्स् फिफा उत्कृष्ट महिला खेलाडी घोषित भएकी थिईन् ।

रियल म्याड्रिडका जिनादेन जिदान उत्कृष्ट पुरुष प्रशिक्षक र नेदरल्याड्स्की सारिना विगम्यान उत्कृष्ट महिला प्रशिक्षक घोषित भएका थिए ।

यसैगरी, आरसनल क्लबका ओलिभर ग्राउडले क्रिस्टल प्यालेस विरुद्ध गरेको गोलले यस वर्षको उत्कृष्ट गोलको लागि पुरुस्कार प्राप्त गरेको थियो ।

22.12¡ÆC