बिदुर ।

नेपाल सरकार मातहतको कृषिविकास बैंकको सञ्चालक समिति सदस्य रहेर प्रदेशसभा सदस्यतको लागि उम्मेद्धार बनेका काँग्रेस नेता डा. रामशरण महतका भतिजा रमेश महतको उम्मेद्धारी खारेजी गर्न माग गर्दै उजुरी दर्ता भएको छ ।

सरकारी नियुक्ति लिएका व्यक्ति आगामी मंसिर १० गतेको निर्वाचनका लागि उम्मेदवारी दिएको भन्दै खारेजीको उजुरी परेको हो ।

पन्चकन्या गाउंपालिकाको कविलासका रमेशकुमार महत बिरुद्ध नुवाकोटको विदुरमा रहेको १ नं. निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

महतले नुवाकोट क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’ का लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका छन् ।

राजनीतिक नियुक्ति र सरकारी सुविधा लिइरहेका कारण उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको १ नं. क्षेत्र निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिएका छन् ।

पुर्वमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतका आफ्नै भजिता रमेशकुमार महत कृषि विकास वैंक सञ्चालक समितिका सदस्य रहेका छन् ।

उनको उम्मेद्धारी रद्दको माग गर्दै एमालेका उम्मेदवार वद्री मैनालीका प्रतिनिधि ज्ञानवहादुर तामाङले उजुरी दिएका हुन् ।

दावी उजुरी र वचाउका लागि मंगलवार दुवै पक्षलाई कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थित हुन निर्देशन दिइएको अधिकृत लामिछानेले जानकारी दिए ।

भुकम्पका समयमा जिल्लामा वितरणको लागि नेपाल इन्भेष्टमेण्ट बैंकले दिएको जस्तापाता वितरणमा समेत घोटालाको आरोप लागेका रमेश महत सो समयमा पछिल्लो पटक रामशरण महत अर्थमन्त्री रहँदा स्वकिय सचिव रहेका थिए ।

यस्ता छन् नुवाकोटका ५७ उम्मेद्धार, जहाँ नेता धेरै छन् विकास कम

23.12¡ÆC