तिहारमा झिलिमिली बत्ति बाल्ने मन छ ? हेर्नुहोस बिद्युत प्राधिकरणको आग्रह

अशोज ३१, २०७४ मा प्रकाशित | 13093 views

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा बढी विद्युत खपत गर्ने उपकरण नचलाउन ग्राहक वर्गमा अनुरोध गरेको छ । तिहारमा विद्युतको माग बढी हुने हुँदा उत्सव बत्ती, बढी क्षमताका बत्ती, हिटर, राइस कुकर, ओभन, आइरन, इन्डक्सन हिटर, पानी तान्ने मोटरलगायतका उपकरण नचलाई आपूर्ति नियमित गर्न सहयोग पुर्याउन अनुरोध गरिएको हो ।

साँझको समयमा बढी विद्युत खपत गर्ने उपकरणको प्रयोग गर्दा ट्रान्सफर्मर तथा फिडर लाइन ओभरलोड भइ ट्रीप हुन सक्ने भएकाले साँझ ५ बजेदेखि राती १० बजेबाहेकको समयमा चलाउन सकिने प्राधिकरणले जनाएको छ ।

साँझमा विद्युतको बढी माग भएको समयमा यस्ता उपकरण चलाउँदा सबस्टेसन एवं ग्रीड प्रणालीमा समस्या आएर आपूर्ति नै बन्द हुनसक्ने हुँदा उपकरणको न्युन प्रयोग गरेर सहयोग पुर्याउन प्राधिकरणले आग्रह गरेको छ ।

गतवर्ष लक्ष्मी पूजाको दिन विद्युतको माग १४ सय ४४ मेगावाट पुगेको थियो । यसपटक माग बढेर १५ सय मेगावाटभन्दा माथि पुग्ने प्राधिकरणको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web