प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि ३७ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

अशोज ३०, २०७४ मा प्रकाशित | 866 views

काठमाडौं ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्र्तगत पहिलो चरणमा मंसिर १० गते  निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

पहिलो चरणमा प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, संखुवासभा र सोलुखुम्बु, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखामा निर्वाचन हुने छ ।

त्यसैगरी पहिलो चरणमै निर्बाचन हुने प्रदेश नम्बर ५ का रुकुम–पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर ६ का रुकुम–पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र वैतडीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई निर्वाचन सम्बन्धी कार्य प्रारम्भ भएको निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो चरणमा मङ्सिर २१ गते निर्वाचन हुने बाँकी ४५ जिल्लामा आगामी कात्तिक ९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने निर्बाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web