काठमाडौं ।

आजको खेल जित्नै पर्ने बाध्यताका बिच मैदानमा उत्रन लागेको नेपाल र हङकङबिचको विश्व क्रिकेट लिग च्याम्पियनसिप छनौट आँधिका कारण रोकिएको छ ।

नेपाल र हङकङबीचको खेल हङकङमा समुन्द्री आँधी आउने चेतावनी पछि आज स्थगित गरिएको हो ।

अधिकारीहरुले नेपाली क्रिकेट खेलाडीहरुलाई होटलमै बस्न र बाहिर नजान भनेका छन् ।

आज स्थगित भएको नेपाल र हङकङको खेल भोलि हुने बताइएको छ ।

शुक्रबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ८३ रनले पराजित भएको थियो । विश्व लिग च्याम्पियनसिप छनौट हुनको लागि नेपालले अब हङकङसँग हुने खेल जित्नैपर्ने हुन्छ ।

22.12¡ÆC