सोलुखुम्बु ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक जनाको मृत्यू भएको छ । पर्यटकीय क्षेत्र खुम्बु–पासाङल्हमु गाउँपालिका–४ स्थित डोले भन्ने ठाउँमा ब्रिटिस नागरिकको मृत्यु भएको हो ।

बेलायती नागरिक ६३ वर्षिया टेरेन्सी जोन गोस्टीलिङको बिहीबार बिहान कोठामा सुतीरहेको अवस्थामा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।

पासपोर्ट नम्बर ७६–१२–००–२४–३ भएका गोस्टीलिङको डोले रिसोर्टको कोठा नम्बर १७ मा बिहान ३ बजेतिर मृत्यु भएको हो । उनी २५ गते गोक्योबाट डोले आईपुगेका थिए ।

उनी नोमेड नेपाल ट्रेकबाट १७ गते समिट एयरको उडानबाट काठमाडौँबाट लुक्ला आई भ्रमणका लागि खुम्बु प्रवेश गरेका हुन् । खुम्बु भ्रमणपछि गोक्योबाट फर्कने क्रममा उनको हाईअल्टिच्युडका कारण मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

19.12¡ÆC