२१ जेठ, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लालाई केन्द्र बनाएर शुक्रबार बिहान भूकम्प भएको छ ।

बिहान पाँच बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोकको थापालथोक नजिकै केन्द्र बनाएर ४.४ रेक्टर स्केलको भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वर्ष वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पपछि अझै पनि त्यसको परकम्प जाने क्रम जारी रहेको छ ।

बारपाकको भूकम्पपछि चार रेक्टर स्केल माथिका चार सय ५९ भन्दा बढी भूकम्पका परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

18.12¡ÆC