ताप्लेजुङ । ताप्लेजुङमा पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मे१ज १३०८ नम्बरको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार सडकखण्डमा दुर्घटना हुँदा मोरङ् उर्लाबारीकी २५ वर्षीया अनिता घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको हो ।

अनिताको घटनास्थलमै तथा होमराजको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा चालक सहित तीन जना घाइते भएका छन् ।

19.12¡ÆC