पर्वतको पाङमा वन्यो पक्कि सडक

अशोज २४, २०७४ मा प्रकाशित | 830 views

पर्वत ।

जिल्लाको कुश्मानगरपालिका १ पाङमा पक्कि सडक वनेको छ । नगरपालिकाले विनियोजन गरेकोे ५७ लाखको लागतमा यो सडक निर्माण भएको हो । आर।सी।सी ढलान र कालोपत्रे गरेर सडक वनाइएको हो ।

पोखरा– वागलुङ राजमार्ग वाट पाङ पुग्ने गरि उक्त सडक निर्माण भएको छ । सहस्राधारा देखि पाङ सम्मको उकालो र भिरालो भुगोल रहेको भागमा ढलान गरेर सडक निर्माण गरिएको नगरपालिकाका प्राविधिक आशिस शाक्यले जानकारी दिए ।

यो सडकले करिव ५ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । नगरपालिका रहेको सदरमुकाम सहित पोखरा – वागलुङ राजमार्गले छोएको १५ किलोमिटर क्षेत्रमा मात्र पक्कि सडक रहेको छ ।

नगरपालिकाका ग्रामीण क्षेत्रमा यो मात्र एकमात्र पक्कि सडक हो । नगरका सबै वडामा पक्कि सडक पु¥याउने महत्वकांक्षी योजना नगरपालिकाले वनाएको छ । सोहि योजना अनुसारको पहिलो योजना पुरा भएको नगरप्रमुख रामचन्द्र जोशीले वताए ।

सडक निर्माण सगै त्यहाँ स्थानीयले उत्पादन गरेको कृषि उपज ढुवानीमा सहज हुने स्थानीय लक्ष्मण शर्माले वताए । पाङ तरकारीको पकेट क्षेत्र हो । ‘वाटो सहज नहुँदा डोकोमा तरकारी वोक्नुपर्ने वाध्यता थियो, शर्माले भने, ‘अव सडक सहज भएपछि तरकारी वजार लान र घरमा चाहिने खाद्यन्न आयात गर्न सहज हुने भयो ।’ पाङका सर्वसाधारण अव गाउँवाट सहज तरिकाले गाडी चढेर वजार आउन सक्ने भएका छन् ।

उक्त सडक हुँदै पाङ सहित खुर्कोट, वनौ, शालिजा लगायतका ठाउँमा जान सकिन्छ । सडक पुगेपछि वर्खामा हिँड्नुपर्ने र हिउँदमा पनि ट्याक्टर चढेर जानुपर्ने वाध्यता टरेको वडाध्यक्ष देवेन्द्र सुबेदीले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web