अर्घाखाँची ।

अर्घाखाँची मालारानी गाउपालिका वडा नम्वर २ सातडाडामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन ।

अर्घाखाँची डाडाकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्वरको बस बिहान ८: २० मा दुर्घटना भएको अर्धाखाचीका प्रहरी प्रमुख एक नारायण कोइरालाले जानकारीि दिनुभयो ।

बस सडकबाट एक सय मिटर तल खसेको छ । दुर्घटनामा २ जनाको घटनास्थलमा नै मृत्यु भएको स्थानियले बताएका छन ।

घटनास्थलमा रहनु भएका प्रहरी प्रमुख कोइरालाले ३० बढी घाइतेको उद्धार गरीएको र अहिले जिल्ला अस्पताल सन्धिखर्क र नजिकका अस्पतालहरुमा लैजाने प्रयास गरीरहेको बताउनु भयो ।

20.12¡ÆC