काठमाडौं ।

साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा ९माओवादी केन्द्र०को निर्वाचन चिह्न हँसिया हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् ।

नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०बीच निर्वाचनमा तालमेल र पार्टी एकताको निर्णयगरेपछि मोर्चाका तर्फबाट आज यस्तो निर्णय आएको हो ।

मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिका रूपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै संसद्मा क्रियाशील समाजवादी जनता दल र जनजागरण पार्टी नेपालले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् ।

उता नेकपा 'संयुक्त'ले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

24.12¡ÆC