२१ जेठ, काठमाडौं ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० स्तरीय ग्रामीण पर्यटन कार्यशाला बिहीबार काठमाडौंमा सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्क सचिवालयद्वारा संयुक्त रुपमा आयोजित कार्यशालाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गर्नुभयो ।

मन्त्री पोखरेलले ग्रामीण पर्यटनको मुख्य आधार घरबास पर्यटन भएको र यसले नेपालको मात्र नभएर दक्षिण एसियाकै आर्थिक क्रियाकलाप बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले दिगो पर्यटन विकासका लागि नेपाल सरकारले सन् २०१६ घुमफिर वर्षका रुपमा घोषणा गरिसकेको र कार्बनविहीन पर्यटनमार्फत दक्षिण एसियाकै आर्थिक विकासमा मद्दत पुग्ने बताउनुभयो ।

कार्यशालाले सार्क राष्ट्रका ग्रामीण पर्यटनमा गरिएका प्रयास, आ–आफ्ना देशको अनुभव आदानप्रदान गरी सार्क राष्ट्रबीचको आपसी सम्बन्धलाई बलियो बनाएर आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

सार्क सचिवालयका निर्देशक रीता धितालले ग्रामीण पर्यटनसम्बन्धी सार्कस्तरीय कार्यशालाले ती देशको आर्थिक विकासमा महत्वपूर्ण सहयोगका पुग्ने बताउनुभयो ।

पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा धेरै महत्वपूर्ण सांस्कृतिक तथा ऐतिहासिक सम्पदा रहेको र विश्वकै आकर्षण गन्तव्यमा नेपाल रहेको बताउनुभयो ।

18.12¡ÆC