जुनियर ब्याड्मिन्टन टोलि म्यानमार प्रस्थान

अशोज १५, २०७४ मा प्रकाशित | 1047 views

काठमाडौं ।

नेपाली जुनियर ब्याड्मिन्टन टोली जुनियर ब्याड्मिन्टन प्रतियोगितामा सहभागि हुन म्यानमार प्रस्थान गरेका छन् ।

एशियाली ब्याड्मिन्टन महासंघ ए बि सी को आयोजनामा संचालन हुने प्रतियोगितामा नेपालको तर्पmबाट १५ र १७ वर्ष मुनि उमेर समूहमा ४ जाना खेलाडिले प्रतिस्पर्धा गर्दैछन् ।

१५ वर्ष मुनि उमेर समूहको महिलामा जेशिका गुरुङ्ग र पुरुषमा प्रफुल महर्जनले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालको मूख्य प्रशिक्षकको भुमिका सुदिप योञ्जन्ले निर्वाह गर्ने छन् ।

यसैगरि १७ वर्ष मुनि उमेर समूहको महिलामा रसिला महर्जन र पुरुषमा प्रिन्स दाहाले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली टोलीको नेतृत्व समिर बहादुर सिंहले गरेका छन् भने टोलको व्यवस्थापन रवि महर्जनले गरेका छन् ।

नेपाली टोलीलाई नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष राम जी श्रेष्ठले शनिबार एक कार्यक्रमकाबिच विदाई गर्नु भएको थियो ।

प्रतियोगितामा बंगलादेश, ईन्डोनेशिया, भारत, जापान, मकाउ, मलेसिया, म्यानमार, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलङ्का, थाईल्याण्ड, ताईपेई, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको छ ।

जुनियर ब्याड्मिन्टन प्रतियोगिता यहि असोज १८ देखि २२ गते सम्म म्यानमारको याङ्गोन स्थित राष्ट्रिय ईन्डोर रङ्गशालामा संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web