काठमाडौं ।

नेपालले भुटानमा जारी १८ वर्ष मुनि उमेर समूहको साफ फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

राजधानी थिम्पु स्थित चाङ्गग्लिमिनथाङ्ग रङ्गशालामा आज सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा भारतलाई ० का बिरुद्ध २ गोलले पराजित गर्दै नेपाल हेड टु हेडका आधारमा प्रतियोगितामा प्रथम हुन सफल भएको हो ।

नेपालका लागि दुवै गोल मध्यान्तर अघि दिनेश हेन्जनले गरेका थिए ।

प्रतियोगितामा पहिलो खेलमा आयोजक भुटान संग हारेको नेपालले दोस्रो खेलमा माल्दिभ्स् र तेस्रो खेलमा लिगको श्रीर्ष स्थानमा रहेको बंगलादेशलाई पराजित गरेको थियो ।

यस भन्दा अघि आज भएको अर्को खेलमा बंगलादेशले भुटानलाई २-० गोल अन्तरले पराजित गर्दै ९ अङ्कका साथ श्रीर्ष स्थानमा उक्लिएको थियो ।

नेपालले आजको खेलमा भारतलाई हराए पछि बंगलादेश संग समान ९ अङ्क भए पनि हेड टु हेडका आधारमा नेपाल विजयी भएको थियो ।

भारतले यस खेलमा जित हात पारेको भए पनि अघिल्लो खेलमा बंगलादेश संग पराजित भएकोले बंगलादेश नै प्रतियोगितामा प्रथम हुने थियो ।

तर नेपालले अघिल्लो खेलमा बंगलादेशलाई पराजित गरेकाले पूर्व विजेता नेपालले १८ वर्ष मुनि उमेर समूहको उपाधि जोगाउन सफल भएको थियो ।

21.12¡ÆC