चितवन ।

नेकपा 'माओवादी केन्द्र'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आज गरेको पत्रकार सम्मेलनमा दाहालले चितवन क्षेत्र नं ३ मा आफूले एक्लै निर्वाचन लडेर जित्ने कोसिसमा रहेको बताउनुभयो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भएको भन्दै उहाँले माओवादीप्रतिको जनलहर रहेकाले एक्लै निर्वाचनमा जान पनि सकिने बताउनुभयो ।

वामपन्थी दलबीच एकता आवश्यकः नेता नेपाल

चितवन ।

नेकपा 'एमाले'का वरिष्ठ नेता माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, चितवन शाखाले आज चितवनमा गरेको पत्रकार सम्मेलनमा उहाँले एउटै दलले मात्रै बहुमत ल्याएर सरकार चलाउने अवस्था नरहेकाले अबको निर्वाचनमा वाम तालमेल आवश्यक रहेको बताउनुभएको हो ।

वामपन्थी तालमेलका विषयमा नेकपा ९माओवादी केन्द्र० तयार रहे एमाले तयार रहेको उहाँले बताउनुभयो ।

केन्द्रस्तरबाट नै तालमेल हुनुपर्ने बताउँदै नेता नेपालले केन्द्रबाट सम्भव नभए स्थानीय स्तरबाट पनि तालमेल गर्नुपर्ने बताउनुभयो ।

24.12¡ÆC