२० जेठ, काठमाडौं ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘यो दशक फेरी नयाँ क्रान्तिको दशक बन्न संम्भव रहेको बताउनुभएको छ । उहाँले सहमति र एकता विना कुनै कुरा पनि हासिल गर्न नसकिने भन्दै सिंगो राष्ट्र एकिकृत गर्ने समय आएको बताउनुभयो ।

काठमाडौं ३ नं. प्रदेशको प्रशिक्षण कार्यक्रमा अध्यक्ष दाहालले माओबादीबीच फुट आएको जनताले मन नपराएको बताउनुभयो ।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति जम्बो

नेकपा 'माओवादी केन्द्र' ले महाधिवेशन आयोजक समिति हालसम्मकै ठूलो बनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पोलिटब्युरोको बैठकले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको हो ।

बैठकले ९९९ जना मनोनयन गरेको छ भने बाँकी एक सय जना पछि थपिने माओवादी केन्द्रले जनाएको छ ।

पार्टी एकता प्रक्रियामा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी र नयाँ शक्ति अभियानको ठूलो हिस्सा समावेश हुने भन्दै महाधिवेशन आयोजक समितिमा थप एक सय सदस्य खाली राखिएको माओवादीले जनाएको छ ।

यस्तै बैठकले ८५ सदस्यीय स्थायी समिति २५५ सदस्यीय पोलिटब्युरो बनाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

समिति महाधिवेशनसम्मका लागि मात्र भएको र महाधिवेशनमा अध्यक्षदेखि सबै सदस्य निर्वाचित हुनुपर्ने भएकाले हाल ठूलो वा सानो हुनुले केही प्रभाव नपार्ने प्रवक्ता भुसालले बताउनुभयो ।

बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम चलाउने र पार्टीको एकता प्रक्रियालाई जनस्तरसम्म पु¥याउने निर्णयसमेत गरेको छ ।

19.12¡ÆC